Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सुदूरपश्चिममा आज मन्त्रीमण्डल विस्तार हुँदै, मुख्यमन्त्रीमा शाह

सुदूरपश्चिममा आज मन्त्रीमण्डल विस्तार हुँदै, मुख्यमन्त्रीमा शाह


  • 1.6K
    Shares

    सुदूरपश्चिममा आज मन्त्रीमण्डल विस्तार हुँदै, मुख्यमन्त्रीमा शाह

    धनगढी । सुदूरपश्चिममा आज मन्त्रीमण्डल आज विस्तार हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको उल्झनका बीच मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तार गर्न लागेको हो ।

    नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा ३ जनाको नाम मन्त्रीको लागि नाम टुंग्याएको छ । संसदीय दलका नेता खगराज भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंग्याइएको हो । उनीहरुको आज नै शपथ ग्रहण गर्ने तयारी गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।

    सत्तारुढ दल नाउपालाई पनि सरकारमा सहभागी हुन आफूले अनुरोध गर्दै आएको पनि उनको भनाइ थियो ।

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १०:०६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij