Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

७ हजार ८८२ प्रावि शिक्षकको लागि १ लाख बढी आवेदन

७ हजार ८८२ प्रावि शिक्षकको लागि १ लाख बढी आवेदन


  • 3.0K
    Shares

    ७ हजार ८८२ प्रावि शिक्षकको लागि १ लाख बढी आवेदन

    काठमाडौं। प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको ७ हजार ८८२ पदको लागि एक लाख बढीले आवेदन दिएका छन् ।

    शिक्षक सेवा आयोगले गत आयोगले चैत ९ गते विज्ञापन गरेको खुला प्रतिस्पर्धात्मक परीक्षाको लागि १ लाख १२ हजारको आवेदन परेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । आयोगले सामान्य तर्फको परीक्षा जेठ २० गते लिने तयारी गरेको छ ।

    शिक्षक सेवा आयोगले मावि र निमावि तहको भने सामान्य तर्फको परीक्षा लिएर नतिजा सार्वजनिक गरिसकेको छ । आयोगको नतिजा अनुसार मावि तहको सामान्य परीक्षामा ५१.१५ प्रतिशत र निमावि तहको परीक्षामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

    आयोगले सार्वजनिक गरेको नतिजा अनुसार मावि तहको ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन् । त्यस्तैगरी निमावि तहको १,१६७ शिक्षकका लागि गत वैशाख ९ गते लिएको सामान्य तर्फको परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले उत्तीर्ण गरेका छन् ।

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १८:०४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij