२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सनराइज बैंकले सुदूूुरपश्चिमको भिमदत्तपन्त राजमार्ग अन्तर्गत चुरेगाउँपालिका र डडेल्धुरा बजारमा वडा कार्यालय र इलाका प्रहरीसंग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको छ । बैंकले सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसंग समन्वय गरी १–१ थान प्रहरी बिटनिर्माण गरेको हो ।
जेष्ठ ३ र ४ गते आयोजित छुट्टाछट्टै कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका थिए । चुरेगाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरेगाउँपालिकाका अध्यक्ष चक्रबहादुुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह बिष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको थियो ।
आज आयोजित डडेल्धुराको सो कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष टंक बहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टकोे उपस्थितीमा प्रहरी बिट हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बैंकले गरेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा र सहजता हुने विश्वास लिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij