Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

दरबार हत्याकाण्ड र दासढुंगा घटनाको विषयमा नयाँ शिराबाट छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

दरबार हत्याकाण्ड र दासढुंगा घटनाको विषयमा नयाँ शिराबाट छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड


  • 4.8K
    Shares

    दरबार हत्याकाण्ड र दासढुंगा घटनाको विषयमा नयाँ शिराबाट छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र दासढुंगा घटनाबारे नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् ।आज संसदमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्रीलाई एक सांसदले गौर हत्याकाण्डका विषयमा प्रश्न सोधेका थिए । गौरमा तत्कालीन मधेशी जनअधिकार फोरमले माओवादी कार्यकर्ताहरुको विभत्स हत्या गरेको घटनाको कहिले छानबिन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले दरबार हत्याकाण्ड र दासढुंगा दुर्घटनाको विषय कोट्याएका हुन् ।

    प्रचण्डले भने, ‘गौर हत्याकाण्डलगायतका विभत्स र भयानक हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ भन्ने पक्षमा छु । दरबार हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ । अहिले ती कुरालाई बिर्साउने कोसिसलाई गम्भीर रूपमा लिनुपर्छ । मदन आश्रितको दुर्घटनाबारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ ।’

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १३:१४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij