Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले पोखराको ‘कास्की मोडेल हस्पिटल’मा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले पोखराको ‘कास्की मोडेल हस्पिटल’मा विशेष छुट पाउने


  • 1.8K
    Shares

    मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले पोखराको ‘कास्की मोडेल हस्पिटल’मा विशेष छुट पाउने
    images

    काठमाडौँ । मुक्तिनाथ कृषि विकास बैङ्क लिमिटेडका ग्राहकहरूले पोखराको ‘कास्की मोडेल हस्पिटल’मा विशेष छुट पाउने भएका छन् ।बैङ्कले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले पोखराको न्यू रोडमा अवस्थित उक्त हस्पिटलसँग सम्झौता गरेसँगै ग्राहकहरूले छुट पाउने भएका हुन् ।

    सम्झौता अनुसार बैङ्कका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैङ्किङ्ग ग्राहकहरूले ‘कास्की मोडेल हस्पिटल’को विभिन्न सेवा सुविधाहरूमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    साथै, बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सो विकास बैङ्कको एटिएम कोर्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

    त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैङ्किङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैङ्किङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

     

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १३:११:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij