Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड


  • 2.5K
    Shares

    क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी लडाकुलाई व्यवस्थापन गर्ने क्रममा राज्यकोषको अर्बौँ रुपैयाँ हिनामिना भएको भनेर उछालिएकोमा आपत्ति जनाएका छन्।

    बिहीबार बसेको संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पूर्वलडाकुका लागि राज्यले दिएको अर्बौँ रुपैयाँ हिनामिना भएको भन्दै गरेको प्रश्नको जवाफमा उनले यस्तो भनेका हुन्। 

    ‘राज्यबाट लडाकुहरुलाई दिइएको रकम अडिट भएर टुंगो लागिसकेको छ। पटक पटक राजनीतिक आग्रहका रुपमा त्यसलाई यहाँ ल्याइएको छ’, उनले भने, ‘त्यस्तो केही छ भने म अझै पनि छानबिन गर्नुपरे तयार छु। २०४८ सालदेखिकै सबै उच्च पदस्थहरुको सम्पत्ति छानबिनका लागि म तयार छु।’ उनले भ्रष्टाचारका विषयमा सबै राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिने उनले बताए। 

    ‘पटक पटक माओवादी लडाकुका क्यान्टोनमेन्टको कुरा उठिरहन्छ। क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा कपोलकल्पित छ’, उनले जवाफमा भने, ‘यदि उजुरी परेर छानबिनबाट दोषी ठहरिए म आफैँ जेल जान तयार छु।’

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १२:५३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij