२०८२ माघ १४ गते बुधवार
आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यतालिका रहेको छ । प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरूको सवालको जवाफ दिने नियमावलीमा व्यवस्था छ ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा समयसामयिक विषय र जनताको समस्या उठान गर्ने गरी यो व्यवस्था गरिएको हो ।
साथै, प्रधानमन्त्रीले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij