Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ

भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ


  • 2.0K
    Shares

    भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर  मियाँ  सिंहदरबारबाट पक्राउ

    काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

    प्रहरी स्रोतका अनुसार उनी सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेको अवस्थामा प्रहरीको नियन्त्रणमा परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ। मियाँले उक्त प्रकरणमा बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

    यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ। यसअघि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले आत्मसमर्पण गरेपछि अहिले बयान लिइरहेको छ। 

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - ११:३२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij