२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर गरिएको कोरोना परिक्षणमा ३४ जना संक्रमण भेटिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार १६७ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ४३१ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा १२ जना र ७३६ जनामा गरिएको एन्टीजेन परिक्षणमा २२ जना संक्रमित फेला परेका हुन् । सोहि समय २३ जना भने कोरोना मुक्त भएका छन् । हाल देशभर ८९ जना सक्रिय संक्रमित रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij