Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर, यस्तो छ सम्भावित कार्यसूची

भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर, यस्तो छ सम्भावित कार्यसूची


  • 2.5K
    Shares

    भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।

    बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

    संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।

    साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।

    Samsad-Suchi-1536x1458.jpg

     

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १४:४९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij