२०८२ भाद्र १ गते आइतवार
आज जेठ ३ गते, प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक समूहको सेयर आज जेठ ३ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य एक सय ३० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
कहिलेसम्म दिने आवेदन ?
आज जेठ ३ गते, बुधबारबाट बिक्री खुल्ला गरिएको उक्त लिलामी सेयरमा जेठ १७ गतेसम्म आवेदन दिन पाइनेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij