Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सनराइज बैंकद्वारा विद्यालय र उपमहानगरपालिकालाई  विभिन्न सामग्री सहयोग 

सनराइज बैंकद्वारा विद्यालय र उपमहानगरपालिकालाई  विभिन्न सामग्री सहयोग 


  • 2.6K
    Shares

    सनराइज बैंकद्वारा विद्यालय र उपमहानगरपालिकालाई  विभिन्न सामग्री सहयोग 

    काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक विद्यालयलाई सहयोग गरेको छ । धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभाबकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ । बैंकले एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । 

    प्रधानाध्यापक प्रेम निधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरेका थिए । 

    सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए ।

    सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले बताए । साथै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालज्यूले स्नराइज बैंकको यस सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पुर्याएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे । 

    साथै सनराइज बैकंले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ ।

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १३:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij