Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मंसिर १० देखि "मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव"

मंसिर १० देखि "मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव"


  • 8.6K
    Shares

    मंसिर १० देखि "मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव"

    काठमाडौं । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा आठौं "नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव" हुने भएको छ ।

    प्रत्येक वर्ष आयोजना हुने महोत्सव यो वर्ष कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित मितिभन्दा केही समय ढिला हुन लागेको हो। बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनलाइनको माध्यमबाट गर्न लागिएको संस्थाका कार्यकारी निर्देशकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । महोत्सव यही मंसिर १० देखि २५ सम्म चल्नेछ ।

    महोत्सवमा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनलगायत विधाका चलचित्रहरु प्रसारण गरिने छ । प्रसारण हुने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रसारणका लागि छनोट गरिएको हो। यस महोत्सवमा चलचित्रहरु चलचित्र टिभी एप मार्फत प्रसारण गरिने छ । अन्य छलफल, अन्तर्क्रिया तथा बहसहरु जुम मार्फत गरिने छ । यसका साथै चलचित्रकर्मीसँगको अन्तर्क्रिया, प्लानल छलफललगायत कार्यक्रमहरु तोकिएको छ। 

    महोत्सवमा चलचित्र प्रसारणपछि ‘एसियाली सिनेमामा महिला : उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमा युवा : हामी के हेर्न चाहन्छौं', 'अल्पसंख्यक, सीमान्तीकृत समुदाय सवाल : सिनेमाको भूमिका' विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवासँग अन्तर्क्रिया तथा छलफल पनि गरिने विज्ञप्तिमा जनाइएको छ ।

    राष्ट्रिय मानव अधिकार आयोग सह–आयोजना,  चलचित्र विकास बोर्डको प्रवर्धन र युरोपियन युनियन, नेपालका लागि जर्मनी दूतावास, शान्तिका लागि कला, आइएमओएम लगायतको सहकार्य र दजनौं संघसंस्थाको ऐक्यवद्धतामा महोत्सवको आयोजना हुनेछ । 

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १५:४८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij