Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

 नक्कली भुटानी शरणार्थीको प्रकरणमा एमालेले माग्यो सरकारसँग प्रगति विवरण

 नक्कली भुटानी शरणार्थीको प्रकरणमा एमालेले माग्यो सरकारसँग प्रगति विवरण


  • 2.6K
    Shares

     नक्कली भुटानी शरणार्थीको प्रकरणमा एमालेले  माग्यो  सरकारसँग प्रगति  विवरण
    images

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग नक्कली भुटानी शरणार्थीको प्रकरणबारे प्रगति विवरण माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा सोमबार आकस्मिक समय लिएर एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन किन ढिलाइ गरेको भनी प्रश्न गरे ।

    ‘नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ र’ उनले भने । सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले सभामुख देवराज घिमिरेलाई पनि आग्रह गरेका छन ।

    भ्रष्टाचारविरुद्ध देश आन्दोलित भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका रहेको पनि बताएका छन् ।

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १३:१६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij