Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

 स्याङ्जामा एकै रात ५ घरमा चोरी

 स्याङ्जामा एकै रात ५ घरमा चोरी


  • 1.5K
    Shares

     स्याङ्जामा एकै रात ५ घरमा चोरी
    images

    स्याङ्जाको गल्याङमा एकै रातमा पाँच घरमा चोरी भएको छ । आइतबार राति गल्याङ नगरपालिका– ३ का पाँच घरबाट नगद, सुनचादी, लत्ताकपडा लगायतका सामग्री चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले केही घरमा धेरै चोरी भएको जानकारी दिए। चोरी भएको घरमा कती सामान चोरी भयो यसको विवरण सङ्कलन गर्ने काम भइरहेको उनको भनाइ छ ।

    स्थानीय विजय रानालगायतको घरमा चोरी भएको जानकारी प्रवक्ता खनालले दिए । यता चोरीको घटना प्रति गम्भीर भएको भन्दै गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले तत्कालै चोरी गर्नेहरुलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।



    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १२:१७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij