Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बालुवाटारमा शीर्ष नेताहरुले यसरी लागाए संसदीय समितिको भागवण्डा

बालुवाटारमा शीर्ष नेताहरुले यसरी लागाए संसदीय समितिको भागवण्डा


  • 2.4K
    Shares

    बालुवाटारमा शीर्ष नेताहरुले यसरी लागाए  संसदीय समितिको भागवण्डा

    प्रमुख तीन दलबीच संसदीय समितिका सभापतिको भागबण्डा मिलेको छ । संसदीय दलका प्रमुख सचेतकसहित बालुवाटारमा आइतवार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र सरकारको नेतृत्वकर्ता नेकपा माओवादीका शीर्ष नेताको बैठकले संसदीय समितिको भागबण्डामा सहमति जुटाएको हो । 

    तीन दलको सहमतिअनुसार प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पाउने भएको छ । यस्तै राष्ट्रिय सभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले पाउने भएको छ । 

    सत्तापक्षबाट राज्य व्यवस्था तथा सुशासन समिति कांग्रेसले लिने तथा पूर्वाधार विकास समिति माओवादीले पाउने मोटामोटी सहमति भएको छ । प्रतिनिधि सभाका अन्य समितिमा सत्ता पक्षकै दलबीच भागबण्डा हुनेछ । सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिने संसदीय परम्परा छ । 

    रास्वपा र राप्रसाले पनि संसदीय समितिमा दाबी गरेका थिए । तर लेखा समिति बाहेकका अन्य समिति प्रतिपक्षी दललाई नदिने निष्कर्षमा सत्तारूढ दल पुगेका छन् । शीर्ष तहमा भएको सहमति अनुसार सोमवार बस्ने प्रतिनिधि सभा बैठकले सभापति निर्वाचनको मिति तोक्ने छ ।

    बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली लगायत ती दलका सचेतकहरू सहभागी थिए । 

    तीन दलका शीर्ष नेताबीच संसदीय सुनुवाइ समितिलाई छिट्टै पूर्णता दिने पनि सहमति भएको छ । सुनुवाइ समिति नहुँदा संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरे पनि सुनुवाइ शुरू हुन सकेको छैन ।

    प्रकाशित मिति :बैशाख ३१ २०८० आइतवार - १३:१४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij