Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता


  • 2.0K
    Shares

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीले छलफल गरिरहेका छन्। 

    प्रधानमन्त्री निवास (बालुवाटार) मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीले छलफल गरिरहेका हुन्।

    प्रधानमन्त्रीको सचिवालयले तीन दलका शीर्ष नेतृत्वबीच छलफल सुरु भएको जानकारी दिएको छ। छलफलको विषय भने खुलाइएको छैन।

    नक्कली भुटानी शरणार्थी प्रकरण चर्किएको तथा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकमा सहमति हुन बाँकी रहेका बेला ठूला तीन दलका शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो। 

     

    प्रकाशित मिति :बैशाख ३१ २०८० आइतवार - ०९:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij