Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमालेको स्थायी कमिटी बैठक स्थगित

एमालेको स्थायी कमिटी बैठक स्थगित


  • 1.7K
    Shares

    एमालेको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    जारी केन्द्रीय कमिटी बैठकका बीचमा बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिका लागि सारिएको हो । आज प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले शनिबार बिहान मात्रै स्थायी कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    शुक्रबारको बैठकमा दुई वटा भौगोलिक र दुई वटा गैर भौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए । उपमहासचिव ज्ञवालीका अनुसार आज बागमती, गण्डकी, सम्पर्क समन्वय र उपत्यका विशेष कमिटीले ग्रास रुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन ।

    आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् । सात प्रदेश र एक गैर भौगोलिक समूह बनाइको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षसहित सुझाव प्रस्तुत गर्नेछन्।

    समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले आजै वार्षिक कार्य योजना प्रस्तुत गर्ने बताइएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।

    प्रकाशित मिति :बैशाख २९ २०८० शुक्रवार - १०:०६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij