२०८२ माघ १४ गते बुधवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले प्रतिवेदन पेस गरेका हुन्।
ओलीले आफ्नो प्रतिवेदनमा गएको ६ वर्षमा नेकपा एमालेमाथि पटक पटक धोका भएको उल्लेख गरेका छन्।
पार्टीभित्र देखापरेका व्यक्तिवादी प्रवृत्ति, विकृति, सङ्गठनात्मक शिथिलता र अराजकता लगायतका कारणले एमालेले सत्तामा हुँदा अपेक्षा अनुसारको परिणाम दिन नसकेको पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij