२०८२ माघ १४ गते बुधवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई प्रहरीले बुधबार उनकै निवासबाट पक्राउ गरेपछि तीन नेता जुटेका हुन्। यस्तै एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर, गत वैशाख २० गतेयता उनी फरार छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा कांग्रेस र एमालेसहितका नेताहरु पक्राउ पर्न थालेपछि अहिले शीर्ष तीन नेता छलफलमा जुटेका हुन्। बुधबार दिउँसो एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।
‘तीन नेताहरु अहिले छलफलमा हुनुहुन्छ, विषय समसामयिक राजनीतिबारे हो,’ स्रोतले नेपालखबरसँग भन्यो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij