Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सभामुखलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

सभामुखलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु


  • 4.1K
    Shares

    सभामुखलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

    नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन्। संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएका हुन्। 

    ‘पत्र आएको सुनेका छौँ, तर कुन माध्यमबाट पठाएको बुझ्दैछौँ, ईमेलबाट पठाएको हुन सक्छ’, संसद् सचिवालयका एक अधिकारीले भने, ‘पत्रमा बिरामी भएर उपचारका क्रममा रहेको बेहोरा रहेको बुझिएको छ।’ टोपबहादुर मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

    यसैबीच प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराएपछि गत वैशाख २० गतेदेखि गायब उनलाई एमालेले बुधबारदेखि निलम्बन गरेको छ।

    यो प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेको जिम्मेवारीबाट रायमाझीलाई निलम्बन गरिएको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन्। 

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - १३:५२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij