Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नेता होस् कि नाता होस् दोषी छ भने कोही छुट्नुहुन्न : गगन थापा

नेता होस् कि नाता होस् दोषी छ भने कोही छुट्नुहुन्न : गगन थापा


  • 1.9K
    Shares

    नेता होस् कि नाता होस् दोषी छ भने कोही छुट्नुहुन्न : गगन थापा

     काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताए । 

    ‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्’ उनले भने । अनुसन्धान स्वच्छ र स्वस्थ हुनुपर्ने भन्दै महामन्त्री थापाले सरकारले यो प्रकरणमा दह्रोसँग खुट्टा टेक्नुपर्ने बताए ।

    ‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस्’ उनले भने, ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका छन् ।

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - १२:३५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij