Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तलब र ज्यालाको वृद्धिभन्दा मूल्यवृद्धि धेरै, सबैभन्दा बढि महँगी काठमाडौंमा

तलब र ज्यालाको वृद्धिभन्दा मूल्यवृद्धि धेरै, सबैभन्दा बढि महँगी काठमाडौंमा


  • 1.9K
    Shares

    • images
    तलब र ज्यालाको वृद्धिभन्दा मूल्यवृद्धि धेरै, सबैभन्दा बढि महँगी काठमाडौंमा

    मूल्यवृद्धि करिब ८ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्मको महँगी हेर्दा यो तबल-ज्यालाभन्दा बढी हो। यो अवधिमा तलब तथा ज्यालादर सूचकांक ७.५२ प्रतिशतले बढेको छ। 

    चालु आर्थिक वर्षमा ७ प्रतिशत भन्दा कमको दरमा मूल्यवृद्धि कायम गरिने भनिएपनि ९ महिना अवधिमा ७.७६ प्रतिशत कायम रहेको नेपाल राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकका अनुसार हरेक वस्तुहरूको फरक फरक दरमा मूल्यवृद्धि भएको छ। 

    चैत मसान्तसम्मको विवरण अनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ। 

    खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ। 

    गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ। समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति रहेको छ।

    २०७८ चैत महिनामा यी क्षेत्रहरूमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो।

     

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - १२:३१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij