Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रि–बजेट छलफल आज सकिँदै, अर्थमन्त्रीले जवाफ दिने

प्रि–बजेट छलफल आज सकिँदै, अर्थमन्त्रीले जवाफ दिने


  • 1.7K
    Shares

    प्रि–बजेट छलफल आज सकिँदै, अर्थमन्त्रीले जवाफ दिने

    संसद्‌मा बजेटका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) बारेको छलफल आज (बुधबार) पनि जारी रहने भएको छ। त्यसका लागि आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक बस्दै छ। 

    अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा संसद्‌मा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे यही वैशाख २५ देखि छलफल जारी छ। 

    यस क्रममा मंगलबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका सवालमा जवाफ दिएका अर्थमन्त्री महतले आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री महतले जवाफ दिनेछन्। 

    कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव अर्थमन्त्री महतले संसद्‌मा पेस गरेका हुन्। आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ। बजेटपूर्वको छलफल आजै सक्ने तयारी सरकारले गरेको छ। 

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - ११:१८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij