२०८२ माघ १२ गते सोमवार
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा थप दुई जना पक्राउ परेका छन्।
काठमाडौंको टोखाका रामशरण केसी र मोरङको बेलबारीका गोविन्द चौधरी पक्राउ परेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार शंखमुलबाट पक्राउ गरेका दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडौं परिसर बुझाइएको छ।
यससँगै भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।
अझै १० जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनीहरु फरार छन्। फरार हुनेमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत छन्। यसअघि पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप पक्राउ परेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij