Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच दुई घण्टा वार्तापछि यस्तो भयो कुराकानी

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच दुई घण्टा वार्तापछि यस्तो भयो कुराकानी


  • 3.1K
    Shares

    बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच दुई घण्टा वार्तापछि यस्तो भयो कुराकानी

    तीन ठूला दलका शीर्ष नेताहरूबीच मंगलबार बिहान झन्डै दुई घण्टा वार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त वार्तामा तीन नेताबीच संक्रमणकालीन न्याय, नयाँ बजेट र संवैधानिक आयोगसहितका विषयमा कुरा भएको छ। 

    सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्को सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सँगै राखेर छलपल गरेका हुन्। 

    नक्कली भुटानी शरणार्थी प्रकरण चर्किरहेका बेला प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको भेटवार्ता भएको हो। तर यसबारेमा कुरा भए नभएको तीनै पक्षले केही पनि खुलाएका छैनन्। संवैधानिक परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको भोलिपल्ट उनीहरुबीच भएको वार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा पनि कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    संक्रणकालीन न्यासहित हाल संसदमा रहेका विधेयकहरुबारेमा तीन नेताबीच लामो छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई छिटो संसदबाट टुंगो लगाउने छलफल सकारात्मक कुरा भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, 'त्यस्तै संवैधानिक आयोगहरुबारे पनि तीन नेताबीच कुराकानी भएको छ।’

    उनका अनुसार संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको सरकारको नीति तथा कार्यक्रम र बजेटबारे पनि कुरा भएको छ। प्रेस सल्लाहकार आचार्यले प्रतिपक्षलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने भएकाले तीन नेताबीच छलफल भएको बताएका छन्। 

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - ११:४६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij