Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्न पाउने

बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्न पाउने


  • 1.8K
    Shares

    • images
    बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्न पाउने
    images

    बैंकहरूले अब मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन/परिमार्जन/थप गरी सो व्यवस्था गरेको छ। साथै, वित्तीय संस्थाले मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नुपर्नेछ। 

    हालसम्म बैंकहरूले कर्जाको ब्याजदर त्रैमासिक रुपमा कायम हुने आधार दरको आधारमा मात्रै घटबढ गर्ने गरेका थिए। तर केन्द्रीय बैंकको यो निर्देशनपछि बैंकहरूले अब पछिल्लो ३ महिनाको औसत आधार दरको हिसाबमा ब्याजदर घट्बढ् गर्नुपर्ने भएको छ।

    तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपर्ने केन्द्रीय बैंकले जनाएको छ।

    यसरी पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने/नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ।

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - ०९:५०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij