Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

अमरेशकुमार सिंह बैठक कक्षबाट निष्काशन हुनबाट जोगिए, यस्तो छ कारबाहीको व्यवस्था

अमरेशकुमार सिंह बैठक कक्षबाट निष्काशन हुनबाट जोगिए, यस्तो छ कारबाहीको व्यवस्था


  • 1.6K
    Shares

    अमरेशकुमार सिंह बैठक कक्षबाट निष्काशन हुनबाट जोगिए, यस्तो छ कारबाहीको व्यवस्था

    काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह प्रतिनिधि सभाको सोमबारको बैठक कक्षबाट निष्काशन हुनबाट जोगिएका छन् । स्वतन्त्र सांसद सिंहले बैठकको विशेष समयको माग गर्दै बोल्न नपाएपछि लगाएको लुगा फुकालेर विरोध जनाएका थिए । बैठकमा सिंहले अभद्र व्यवहार देखाएको भन्दै सभामुख देवराज घिमिरेले कडा चेतावनी दिएपछि फुकालेको लुगा लगाएका थिए ।

    प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० मा सभामुखले सांसद सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्नका लागि चेतावनी दिनसक्ने व्यवस्था  छ । चेतावनी पाएपछि अभद्र व्यवहार गर्ने सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ । त्यसै अनुसार सिंहले आफुले फुकाएको लुगा लगाएका हुन् ।

    स्वतन्त्र सांसद सिंहले फुकालेको लुगा नलगाएको भए सभामुख घिमिरेले बैठक कक्षबाट निष्काशन गर्ने तयारी गरेका थिए । नियमावलीको नियम ३० मा सांसदले अभद्र व्यवहार देखाएमा सभामुखले निष्काशन गर्न सक्ने व्यवस्था छ ।

    नियम २० को चेतावनी पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिनसक्ने व्यवसथा छ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्छ । बैठकबाट निष्काशन भइसकेपछि उक्त दिनको बाँकी अवधिको बैठकमा निष्काशन भएको सांसद उपस्थित हुन नपाउने व्यवस्था छ ।

    सभामुखको ओदश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले मर्यादापालकको सहयोग लिएर बाहिर निकाल्न सक्नेछन् । मर्यादापालकको सहयोगबाट निष्काशन सदस्यले त्यसपछिको तीन दिनसम्म सांसद वा कुनै समितिको भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले त्यसको स्रूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।

    kanun_6H4SscxBva.webp

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - ११:२५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij