Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रतिनिधि सभा बैठक सुरु हुनासाथै पर्यो यस्तो विवाद

प्रतिनिधि सभा बैठक सुरु हुनासाथै पर्यो यस्तो विवाद


  • 2.7K
    Shares

    प्रतिनिधि सभा बैठक सुरु हुनासाथै  पर्यो यस्तो विवाद
    images

    काठमाडौँ । प्रतिनिधि सभा बजेट अधिवेशन सुरु हुने दिनको सुरुमै लफडा परेको छ। प्रतिनिधि सभाको बैठकको सुरुमै विभिन्न दलका सांसदहरूले बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेलाई सांसदहरूलाई सम्झाउन कठिन परेको छ । प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भएलगतै विभिन्न दलका सांसदहरूले उठेर आकस्मिक समय मागेपछि सभामुख घिमिरेले झन्डै ५ मिनेट सांसदहरूलाई सम्झाउनु परेको थियो । 

    नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, सांसद रघुजी पन्त, नेमकिपा सांसद प्रेम सुवाल, स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सभामुखसँग बोल्नका लागि आकस्मिक समय मागेका थिए । सभामुखले बैठक सुरु हुन दिनुस् त्यसपछि म बोल्न दिन्छु भनेर सम्झाउँदा पनि सांसदहरूले बोल्न समय मागिरहे । सभामुखले निरन्तर आग्रह गरेपछि सांसदहरु आफ्नो आशनमा बसे । 

    त्यसपछि सभामुखले संसद्को दोस्रो अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाएका छन् । सभामुखले आकस्मिक समयमा बोल्न दिएपछि नेमकिपा सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा, बालकृष्ण खाण, आरजु राणा जोडिएको बताउँदै छानबिनको माग गरेका छन् ।

    प्रकाशित मिति :बैशाख २४ २०८० आइतवार - १५:४०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij