२०८२ भाद्र २ गते सोमवार
स्याङ्जा । एक महिलाको नगद १० लाख २८ हजार ७ सय रुपैयाँ ठगी गरेको अभियोगमा बाजुरा हिमाली गाउँपालिका ४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत साथी बनाएकी ती महिलालाई विश्वास दिलाई आफूलाई ठूलो समस्या परेको, विदेश ब्राजिलमा रहेको परिवार गम्भीर बिरामी रहेको भनि तत्काल फिर्ता गर्ने भन्दै पटकरपटक गरेर उक्त रकम ठगी गरेको अभियोगमा अनुसन्धान गर्दै जाँदा बाँकेको नेपालगञ्जबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij