Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ: माधव नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ: माधव नेपाल


  • 2.0K
    Shares

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ: माधव नेपाल
    images

    विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् । तर निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नडगमगाइकन कारबाही अघि बढाउनुपर्ने धारणा राखे । उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबावको सामु झुक्नु हुँदैन ।’ आफूले बदमासी गरेको छैन, आफूले घुस खाएको छैन, आफूले भ्रष्टाचार गरेको छैन । त्यसकारण न बिराउनु न डराउनु ।’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीसमेत मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लगातार दुई दिन गरेको भेटवार्ताको विषयबारे पनि पत्रकारहरुले सोधेका थिए । त्यसबारे आफूलाई थाहा नभएको उनले बताए ।

    सत्ता गठबन्धनका नेता नेपालले भने, ‘संवैधानिक परिषदको विषयमा हो कि, संसद कसरी चलाउने विषय हो कि, समितिको सभापति कसरी बनाउनुपर्छ भन्ने विषय हो कि, यही विषय (नक्कली भुटानी शरणार्थी प्रकरण) हो कि थाहा भएन ।’

    प्रकाशित मिति :बैशाख २४ २०८० आइतवार - ०९:३६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij