२०८२ भाद्र २ गते सोमवार
आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ । सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो ।
यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । सोही मिति अनुसा आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो ।
नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुने छ । अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ ।
कतिपयले डीभीको नतिजा सार्वजनिक भएपछि नपरेकालाई पनि इमेलमा डीभी परेको भनेर म्यासेज गरि ठगी गर्ने गरेको गतिविधि हुने भएकाले त्यस्तोमा विश्वास नगर्न नेपालस्थित अमेरिकी दूतावासले सचेत गराएको छ ।
आज राति ९:४५ पछि यो (https://dvprogram.state.gov/) लिंक मा गएर आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।
डिभी परेकाे र नपरेकाे थाहा पाउन तलकाे लिंकमा क्लिक गर्नुहोस :
https://www.dvlottery.state.gov/ESC/(S(4t04zhhjavabhhux4yxsymhn))/CheckStatus.aspx
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij