२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुँदैछ।
दिउँसो ३ बजे शीर्ष नेताबीच सिंहदरवारमा भेट हुने तय भएको एक नेताले बताएका छन् । भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि दुई शीर्ष नेताबीच भेटवार्ता बाक्लिएको छ।
यसअघि हिजो पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। भेटमा अध्यक्ष ओलीले आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले फसाउन खोजिएको त होइन भन्दै आपत्ति जनाएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij