Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आज बसेको मन्त्रिपरिषद् बैठकका यी हुन् पाँच निर्णय

आज बसेको मन्त्रिपरिषद् बैठकका यी हुन् पाँच निर्णय


  • 2.1K
    Shares

    आज बसेको मन्त्रिपरिषद् बैठकका  यी हुन्  पाँच निर्णय

    काठमाडौं । सरकारले वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र टिम अफिसियललार्ई जनही तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय पनि गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आजको बैठकले पाँचवटा निर्णय गरेको छ ।  

    यी हुन् निर्णय :

    १. वैशाख २४ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

    २.एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र टिम अफिसियललाई जनही तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने ।

    ३.कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने । 

    ४.कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने ।

    ५.विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने ।

    प्रकाशित मिति :बैशाख २० २०८० बुधवार - १४:५३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij