Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित


  • 2.9K
    Shares

    एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

    नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। प्रहरी प्रधान कार्यालयले आइतबार‍ सांसद महतो फरार रहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन्।

    मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सांसद कोइरी महोत्तरी १ बाट निर्वाचित भएका थिए। थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको उनीमाथि अभियोग लागेको छ। 

    प्रेमबहादुर बिकले दिएको जाहेरीमा महोत्तरी जिल्ला अदालतले महतोलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशलाई उच्च अदालत जनकपुरले उल्टाएर पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। 

    प्रकाशित मिति :बैशाख १९ २०८० मंगलवार - १६:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij