Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत


  • 2.3K
    Shares

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

    दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।

    मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरे ।

    कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत सत्तारुढ गठबन्धनमा रहेका ८ दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिए । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यले भने ने विपक्षमा मतदान गरे ।

    ११ वैशाखमा विश्वासको मत नपाएर नेकपा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनी प्रदेशसभामा १० दलका ८७ जना प्रदेशसभा सदस्य  छन् । प्रदेशसभामा बहुमत पुर्‍याउन ४४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

    प्रकाशित मिति :बैशाख १९ २०८० मंगलवार - १२:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij