Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै


  • 2.2K
    Shares

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्ने भएका हुन्।

    यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त चौधरीले १५ गते शपथ खाएका थिए। माओवादी केन्द्रलगायत ८ दलको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका हुन्। 

    मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र १ गरी ५३ सांसदको समर्थन छ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ पाए पुग्छ । तर मुख्यमन्त्री चौधरीका पक्षमा ५३ सांसद भएकाले उनले विश्वासको मत पाउने निश्चित छ।

    आफू मुख्यमन्त्री भएसँगै चौधरीले तीनजना मन्त्री पनि नियुक्त गरेका छन्। उनीहरुको जिम्मेवारी भने तोकिएको छैन। विश्वासको मत लिएपछि चौधरीले मन्त्रिपरिषद्‌लाई पूर्णता दिने सत्ता पक्षले बताएको छ।

    प्रकाशित मिति :बैशाख १९ २०८० मंगलवार - ०९:३२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij