Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु


  • 2.4K
    Shares

    सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु

    सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। काठमाडौँको बसुन्धरास्थित रास्वपा केन्द्रीय कार्यालयमा बैठक केही बेरअघि सुरु भएको हो। 

    बैठकले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयनबारे औपचारिक निर्णय गर्ने रास्वपा महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालले जानकारी दिए। 

    साथै बैठकले वर्तमान सरकारलाई दिइएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने विषयमा पनि छलफल गर्ने उनले बताए। ‘आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा पनि छलफल हुन्छ’, प्रवक्ता ढकालले भने, ‘हिजो सभापतिज्यूले प्रधानमन्त्रीसँग गरेको भेटको ब्रिफिङ पनि गर्नुहुनेछ।’

    केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे  संसदीय दलको बैठक पनि बस्ने रास्वपाले जनाएको छ। 

    प्रकाशित मिति :बैशाख १८ २०८० सोमवार - १०:१९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij