Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कांग्रेस शीर्ष नेताको बैठक एजेण्डासहित धुम्बाराहीमा बस्दै

कांग्रेस शीर्ष नेताको बैठक एजेण्डासहित धुम्बाराहीमा बस्दै


  • 1.8K
    Shares

    कांग्रेस शीर्ष नेताको बैठक एजेण्डासहित धुम्बाराहीमा बस्दै

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज अपरान्ह साढे ४ बजेबाट बैठक सुरु भएको हो । कांग्रेसका एक पदाधिकारीका अनुसार नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोट लगायतका विषयमा छलफल हुनेछ । गतभदौ ५ यता कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन । गत मंसिर २७ मा १४ औँ महाधिवेशन गरेको कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन ।

    कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपुरो छ । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्यमात्र छन् । सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ ।

    पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३६ सदस्यमा सीमित छ । २५ सदस्यीय संसदीय बोर्डमा पदाधिकारीमात्र छन् । बाँकी सदस्य मनोनित गर्न सभापति शेरबहादुर देउवाले नसकेको अवस्था छ । यस्तै २८ वटा विभाग पनि कहिले गठन हुन्छन् भन्ने टुङ्गो छैन । 

    सभापति देउवाद्वारा गत वर्ष फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र साउन २६ मा नेपाल महिला संघमा सभापति मनोनित गरिए पनि बाँकी भ्रातृ संस्थामा नेतृत्व समेत आएको छैन । 

    नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल भूतपूर्व सैनिक संघमा एक वर्षदेखि नेतृत्व छैन । वैशाख महिनाभित्रै पार्टीका विभाग र भ्रातृ संस्थालाई पूर्णता दिने तयारीका साथ छलफलमा जुटेको ती पदाधिकारीले बताए ।  

    प्रकाशित मिति :बैशाख १७ २०८० आइतवार - १६:०५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij