Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते विश्वासको मत लिने


  • 3.4K
    Shares

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते विश्वासको मत लिने

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 

    वैशाख १४ गते मात्र पाण्डे गण्डकी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सरकार गठन भएको छोटो समयमा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् । 

    ‘प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन प्रदेश भवन नदीपुरमा वेशाख २१ गते बिहीबार दिउँसो २ बजे आरम्भ हुनेछ,’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा छ ।

    सोही दिन विश्वासको मत लिने मुख्यमन्त्री कार्यालयले स्रोतले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १७ २०८० आइतवार - १५:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij