Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बारले सुरु गर्‍यो धर्ना

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बारले सुरु गर्‍यो धर्ना


  • 1.7K
    Shares

    प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बारले सुरु गर्‍यो धर्ना

    काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आइतबारदेखि विरोध प्रदर्शन सुरु गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा बारको कार्यालय परिसरमा भइरहेको प्रदर्शन एक हप्तासम्म चल्नेछ ।

    नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि सरकारको ध्यानाकर्षण र दबावमूलक कार्यक्रम गर्दै आएको थियो ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाए पनि उक्त बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्न सकेन । त्यसपछि फेरि बारले दबावमूलक आन्दोलन अघि बढाएको हो ।

    प्रमुख दलहरुबीच संवैधानिक परिषदसम्बन्धी विधेयकमा नै मत बाझिएको छ । त्यसैले संसदबाट विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्ति सिफारिस हुन सकेको छैन । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

    नेपाल बार एशोसिएसनको केन्द्रीय समिति र विभिन्न अदालतको बार इकाइहरुले पनि प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै धर्ना र आन्दोलन गरेका छन् ।

    प्रकाशित मिति :बैशाख १७ २०८० आइतवार - १५:४३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij