Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रविलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डको आग्रह

रविलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डको आग्रह


  • 1.7K
    Shares

    रविलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । आइतबार विहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरेका हुन् ।

    ‘प्रधानमन्त्रीज्यूले भेटेरै बधाई दिने भन्नुभयो । सभापतिज्यू बालुवाटार भेट्न जानुभयो । बधाई दिनुभयो’ रास्वपाका एक नेताले भने, ‘राजनीतिक नेता भेट्न गएपछि केही कुरा हुने भयो । उहाँ (प्रधानमन्त्रीज्यू) ले सरकारमा आउन आग्रह गर्नुभयो ।

    प्रधानमन्त्रीले सरकारमा आए गठबन्धनका तर्फबाट सहजीकरण गर्ने भन्नुभयो ।’  प्रधानमन्त्री प्रचण्ड रवि सरकारमा आए आफूलाई सहज हुने बुझाईमा छन् । तर, रविले सरकारमा जाने र समर्थन फिर्ताको विषयमा बैठकबाट आधिकारिक निर्णय गर्ने जवाफ दिएको ती नेताले बताए । भेटमा रविले पार्टी बैठकबाट एक मतले जस्तो निर्णय गर्छ त्यो कार्यन्वयन गरेर जाने बताएका थिए ।

     

    प्रकाशित मिति :बैशाख १७ २०८० आइतवार - १५:१९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij