२०८२ भाद्र २ गते सोमवार
चुक्ता पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकले आफ्नो १ अर्ब रुपैयाँ मूल्य पर्ने जग्गा बेच्ने भएको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको काठमाडौंको अनामनगर र पानीपोखरीको जग्गा विक्री गर्न लागेको हो । बैंकको अनामनगरको सिंहदरवार पूर्वी गेट नजिकै रहेको ३ रोपनी र पानीपोखरीमा रहेको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा शिलबन्दी बोलपत्रमार्फत विक्री गर्न लागेको हो ।
बैंकले अनामनगरको सिंहदरवार पूर्वी गेट नजिकै मूलसडकमा जोडिएको कित्ता नं २८,२९,१३, ४२ र ४३ गरी कुल १५२७।०८ वर्गमिटर ९३ रोपनी० जग्गा विक्री गर्न लागेको हो ।
त्यसैगरी, बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ गरी कुल १२२९।७० वर्गमिटर ९ २ रोपनी ६ आना० जग्गा बेच्न लागेको हो ।
जग्गा किन्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघसंस्थाले फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ । फागुन २१ गते बैंकको कमलादी स्थिति कार्यालयमा दिउँसो २ बजे बोलपत्र खोलिने बैंकले जनाएको छ।
साथै, इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ।
बैंकले आफ्नो नयाँ कर्पोरेट कार्यालय बनाउनका लागि एकै ठाउँमा जग्गा खोजिरहेकाले उक्त जग्गा बेच्न लागेको जनाइएको छ । अहिले भएका जग्गाको क्षेत्रफल थोरै भएकाले त्यहाँ कार्यालय भवन बनाउन नपुग्ने भएपछि बैंकले ती टुक्रा जग्गा बेच्न लागेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij