Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु बैंकले पाँच जना संस्थापक शेयरधनीको शेयर विक्री गर्दै, कसको कति ?

प्रभु बैंकले पाँच जना संस्थापक शेयरधनीको शेयर विक्री गर्दै, कसको कति ?


  • 2.0K
    Shares

    प्रभु बैंकले पाँच जना संस्थापक शेयरधनीको शेयर विक्री गर्दै, कसको कति ?

    प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको पाँच जना शेयरधनीको शेयर बिक्री गर्ने भएको छ । 

    बैंकले संस्थापक शेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको ६१ हजार ७६२ कित्ता, सुरेन्द्र चन्द्र तायलको १ लाख २६ हजार ६०५ कित्ता, पुष्पा कुमारी मैनाली खरेलको ४ हजार ५८५ कित्ता, मनोज प्रधानाङ्गको १३ हजार ३०५ कित्ता र कली खत्रीको ६ हजार ७९१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

    उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमल, काठमाडौंमा शेयर खरिदका लागि निवेदन पेश गर्न सक्नेछन् । बैंकले तोकेको उक्त समयमा पनि शेयर विक्री नभएमा बैंकले अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गर्ने जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १५ २०८० शुक्रवार - १६:२१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij