Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लक्ष्मी बैंकद्वारा प्रहरी कल्याण कोषलाई आर्थिक सहयोग

लक्ष्मी बैंकद्वारा प्रहरी कल्याण कोषलाई आर्थिक सहयोग


  • 2.1K
    Shares

    लक्ष्मी बैंकद्वारा प्रहरी कल्याण कोषलाई आर्थिक सहयोग

     लक्ष्मी बैंकले नेपाल प्रहरी कल्याण कोषलाई आर्थिक सहयोग गरेको छ । बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक कोषलाई  २५ लाख रुपैयाँ सहयोग गरेको हो । 

    जसअनुसार ‘नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । र  बैंकले आगामी पाँच वर्षसम्म रू ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता समेत जनाएको छ ।

    सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकको तर्फ बाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फबाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरे । 

    सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर–सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख १३ २०८० बुधवार - ०९:४३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij