Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सर्वसाधारणका लागि आइएमईको १० लाख कित्ता आईपीओ आउँदै

सर्वसाधारणका लागि आइएमईको १० लाख कित्ता आईपीओ आउँदै


  • 2.3K
    Shares

    • images
    सर्वसाधारणका लागि आइएमईको १० लाख कित्ता आईपीओ आउँदै

    आइएमई लिमिटेडले १० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले १ अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

    यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ। मंगलबार आयोजित एक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

    आइएमईले  २२ वर्षदेखि रेमिटेन्स सेवाप्रदायकको काम गर्दै आएको छ। रेमिटेन्स व्यवसाय मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ठूला करदाता सम्मानबाट आइएमई लिमिटेड पुरस्कृत पनि भएको छ। आइएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै लगेको छ।

    प्रकाशित मिति :बैशाख १२ २०८० मंगलवार - १९:५२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij