Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कामना सेवा विकास बैंककाे सीईओ बन्दै थकाली, बुधवार निर्णय हुने

कामना सेवा विकास बैंककाे सीईओ बन्दै थकाली, बुधवार निर्णय हुने


  • 2.4K
    Shares

    कामना सेवा विकास बैंककाे सीईओ बन्दै थकाली, बुधवार निर्णय हुने

    कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली बन्ने भएका छन् ।

    प्रभु बैंकको चिफ बिजनेश अफिसर रहेका थकाली कामना सेवाको सीईओ बन्ने भएका हुन् । स्रोतका अनुसार कामना सेवाको संचालक समितिको बैठकले थकालीलाई सीईओमा नियुक्तिकाे लागी व्यावसायिक प्रश्तुतिकरण लिइएकाे थियाे ।

    थकालीलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा बुधवार नै नियुक्ति गर्ने तयारी रहेको कामना सेवाको उच्च स्रोतले अर्थपथलाई बताएकाे छ । बैंकको सीईओ पदमा लागि छुट्टा-छुट्टै ३ जना बोलाइएको थियो । ‘रिक्त रहेको सीईओ पदका लागि कुमारी बैंक चिफ अपरेटिङ अफिसर मुकुन्द सुवेदी, सनराइज बैंकका एशिसटेन्ट जनरल म्यानेजर हरीप्रसाद आचार्य र प्रभु बैंकका चिफ बिजनेश अफिसर दिनेश थकालीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । उहाँहरुमध्ये दिनेश थकालीलाई छनौट गरिएको बैंक स्राेतले बताएकाे छ ।

    बुधवार कामना सेवाको सीईओ बन्न लागेका थकालीको प्रभु बैंकले राजिनामा भने स्वीकृत गर्न बाँकी रहेकाे छ । उनको राजिनामा स्वीकृत लगत्तै कामनाको सीईओ बन्नेछन् ।

    थकाली यसअघि प्रभु क्यापिटलको प्रवन्ध निर्देशक पनि भईसकेका व्यक्ति हुन् । साँढे २ वर्षमा प्रभु क्यापिटललाई हाइटमा पुर्याएका थकाली पछिल्लाे समय बैंककाे कमाण्ड सम्हाल्न पुगेकाे थिए ।

    थकाली चार्टर्ड एकाउन्टेन्ट हुन् । उनी प्रभु बैंक आउनअघि सांग्रिला डेभलपमेन्ट बैंककाे कामु सीईओ थिए ।

    कामना सेवा बैंकमा कामुसीईओ विनय दाहाल रहेका छन ।

    प्रकाशित मिति :बैशाख १२ २०८० मंगलवार - १६:२९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij