२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ ।प्रभु बैंक लिमिटेड र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।
बैंक र धनगढी– ०२, कैलाली स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबिच हस्पिटलले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र हस्पिटलका तर्फबाट अध्यक्ष दिनेश राज जैसीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बैंक र हस्पिटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरद्धारा सञ्चालित ओ.पि.डी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यु.एस्.जी, एन्डोस्कोपी, नर्मल बेड, एच्.डी.यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु एन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहक महानुभावहरुले ५ प्रतिशत छुट फार्मेसीबाट पाउनेछन् ।
उतm सम्झौता अन्तर्गत सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij