Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बारा २ मा विवादपछि रोकिएको मतगणना सुरु

बारा २ मा विवादपछि रोकिएको मतगणना सुरु


  • 2.4K
    Shares

    बारा २ मा विवादपछि रोकिएको  मतगणना सुरु

     दलहरुका प्रतिनिधिबीच विवादपछि रोकिएको बारा क्षेत्र नम्बर २ को मतगणना अघि बढेको छ। दलका प्रतिनिधिहरुबीच विवाद भएपछि जनमतका कार्यकर्ताले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेका थिए। 

    ‘प्रतिनिधिहरुबीच सामान्य विवाद भएपछि केहीबेर मतगणना रोकिएको थियो, अहिले अघि बढिसकेको छ’ बारा निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले भने। 

    पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा झन् पछाडि पर्न थालेपछि जनमतका प्रतिनिधि मतपेटिका राखिएको कोठाको साँचो लिएर मतगणना स्थलबाट बाहिरिएका थिए।

    बारा २ मा जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्। 

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले १३ हजार ८ सय ४ मत ल्याइसकेका छन्।

    उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अहिलेसम्म ९ हजार २ सय ३१ मत प्राप्त गरेका छन्। यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ३१ मत ल्याएका छन्।  

    अहिलेसम्म ३२ हजार मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बारा–२ मा कूल ६८ हजार ८ सय ८७ मत खसेको थियो।

    प्रकाशित मिति :बैशाख १२ २०८० मंगलवार - १२:२२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij