Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते


  • 2.4K
    Shares

    ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

    मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

    ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    दुर्घटनामा घाइते मनहरी–३ का २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

    मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ मनहरी–३ कालीदमारमा गएराति ९ बजे पल्टिएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :बैशाख १२ २०८० मंगलवार - ०६:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij